मंगलबार, बैशाख ०८, २०८३
आज पनिरास्वपा र राप्रपाले बहिस्कार गरे प्रतिनिधिसभा बैठक

चितवन, १९ भाद्र ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजपनि प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् ।

भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कारलाई निरन्तरता दिएका हुन् ।

बिहीबारको बैठक सभा सुरु भएलगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले क्मश रास्वपा र राप्रपाका सांसदलाई बाेल्न समय दिएका थिए । रास्वपाका अशोक चौधरी र राप्रपाका सांसद धवलसमशेर राणा बाेलेपछि दुवै दलका सांसदहरू बोलेपछि बैठक कक्षबाट बाहिरिए ।

रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठकमा १३ जेठदेखि निरन्तर संसद बहिस्कार गर्दै आएका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय