मंगलबार, बैशाख ०८, २०८३
पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक्दैन : देउवा

काभ्रे ।  पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोक्ने नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।

आज विराटनगर विमानस्थलमा पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउँदा संविधानको औचित्य सकिएन भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘वास्तवमा मलाई थाहा छैन धेरै कुराहरु, संविधानमा पाइन्छ भन्या पनि छैन, पाइन्न भनेको पनि छैन ।’

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको राजनीतिमा फर्किएकी छन् । तर, पार्टीले उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा माओवादी केन्द्रको राजनीतिमा आइसकेका छन् ।

पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा आउँदा संविधानको औचित्य सकिएन भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘वास्तवमा मलाई थाहा छैन धेरै कुराहरु, संविधानमा पाइन्छ भन्या पनि छैन, पाइन्न भनेको पनि छैन ।’

उनले संविधान संशोधनका लागि दुई तिहाई आवश्यक रहेकाले दुई तिहाइ जुटेपछि संविधान संशोधनको प्रक्रिया सुरु हुने बताए । त्यसका लागि दलहरुसँग छलफल भइरहेको उनको भनाइ छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय