सोमबार, बैशाख ०७, २०८३
पूर्वराष्ट्रपति भण्डारीले संविधानमाथि आधारित सरकार गठनको आह्वान गरे

काभ्रे । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्म र भावना आत्मसात् गर्दै संवैधानिक प्रावधानअनुसार मुलुकलाई अगाडि बढाउनुपर्नेमा जोड दिएकी छन्।

आज जारी गरिएको प्रेस विज्ञप्तिमा उनले जेनजी आन्दोलनपछि प्रधानमन्त्रीले दिएको राजीनामा स्वीकृत भइसकेको र संविधानअनुसार गठित राष्ट्रपति तथा जननिर्वाचित संस्थाहरू कायमै रहेको अवस्थामा, आन्दोलनरत पक्षको माग र चाहनालाई समेत अभिव्यक्त गर्नेगरी राजनीतिक निकास दिनुपर्ने उल्लेख गरेकी छन्।

पूर्वराष्ट्रपतिले जेनजी आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिको लागि दुःख व्यक्त गर्दै, आन्दोलनका क्रममा भएका हिंसात्मक गतिविधिहरूको समीक्षा गर्न पनि आग्रह गरेकी छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय