मंगलबार, बैशाख ०८, २०८३
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीबारे सहमति नजिक

काभ्रे । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक गतिरोध समाधानका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने विषयमा पुराना दल र जेनजी समूहबीच सहमति नजिकिएको छ।

तर, संसद् विघटन गर्ने कि नगर्ने भन्ने विषयमा मत नमिल्दा बिहीबार मध्यरातिसम्म शीतल निवासमा भएको वार्ता निष्कर्षविहीन बनेको हो। जेनजी पक्ष संसद् विघटन बिना कुनै प्रक्रिया अघि बढ्न नसक्ने अडानमा रह्यो भने पुराना दल र राष्ट्रपति रामचन्द्र पौडेल संसद् बाटै निकास खोज्नुपर्नेमा जोड दिए।

राष्ट्रपति पौडेलले सेनापति अशोक सिग्देलको समन्वयमा संविधानविद्हरु र सुशीला कार्कीको उपस्थितिमा दिनभर र रातभर छलफल गरेका थिए। त्यसको निरन्तरतामा आज शुक्रबार बिहान फेरि छलफल सुरु भएको हो।

विश्वसनीय स्रोतका अनुसार, सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री वा मन्त्रिपरिषद् अध्यक्ष नियुक्त गर्ने विषयमा भने सहमति भइसकेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय