मंगलबार, बैशाख ०८, २०८३
अन्तरिम प्रधानमन्त्रीका रूपमा सुशीला कार्की पदमा आरूढ

काभ्रे । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्। पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका हुन्।

यसअघि, संविधानको धारा ६१ बमोजिम राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहित अनेक उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो।

सिफारिस

ताजा समाचार

लोकप्रिय