नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा छिमेकी मुलुक भारतले स्वागत जनाएको छ।
शुक्रबार पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले अन्तरिम प्रधानमन्त्रीको पदभार ग्रहण गरेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै समर्थन जनाएको हो।
विज्ञप्तिमा भनिएको छ, “हामी सुशिला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारलाई स्वागत गर्दछौँ। यस कदमले नेपालमा शान्ति र स्थिरता प्रवर्द्धन गर्न मद्दत गर्नेछ भन्ने हाम्रो विश्वास छ।”
भारतले नजिकको छिमेकी, लोकतान्त्रिक मित्र र दीर्घकालीन विकास साझेदारको हैसियतले दुई देश र जनतामाझ समृद्धि र कल्याणका लागि नेपालसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।



















