मंगलबार, बैशाख ०८, २०८३
कर्णालीका नेताहरू: चोरी, आगजनी र तोडफोडको घटनामा निष्पक्ष अनुसन्धान अनिवार्य

काभ्रे । कर्णाली प्रदेशका राजनीतिक दलका नेताहरूले जेनजी प्रदर्शनका क्रममा भएका चोरी, आगजनी, तोडफोड र लुटपाट सम्बन्धमा निष्पक्ष छानबिनको माग गरेका छन्।

आज जारी संयुक्त प्रेस विज्ञप्तिमा कर्णाली प्रदेशका मुख्यमन्त्री तथा एमाले प्रदेशसभा दलका नेता यामलाल कँडेल र नेपाली कांग्रेस प्रदेशसभा दलका नेता तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले निष्पक्ष छानबिनको आवश्यकता औंल्याएका हुन्।

विज्ञप्तिमा भनिएको छ कि आम नागरिक, विशेष गरी युवापुस्तामा उत्पन्न निराशा बुझ्न र समस्या समाधान गर्न भइरहेका पहल पर्याप्त छैनन्। यसका कारण राज्य संयन्त्रप्रति वितृष्णा बढेको स्वीकार गर्दै विगतका कमजोरीहरू सच्याउन र आआफ्नो ठाउँबाट सुधार गर्न सुझाव दिइएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय