मंगलबार, बैशाख ०८, २०८३
निर्वाचन लक्षित प्रारम्भिक योजना कार्यान्वयनमा

काभ्रे । प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आयोगले तयारीका प्रारम्भिक काम सुरु गरेको छ।

यसअघि कात्तिक १७ गतेका लागि तय गरिएको रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचन कार्यक्रम रद्द गरी आयोगले अब मध्यावधि निर्वाचनतर्फ ध्यान केन्द्रित गरेको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन घोषणासँगै सरकारले गर्ने औपचारिक परामर्श, व्यवस्थापकीय तयारी र योजना तर्जुमा सुरु भएको छ।

यता, नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका लागि आवश्यक खर्च व्यहोर्ने गरी बजेट परिमार्जन गर्ने घोषणा गरिसकेका छन्।

भदौ २३–२४ गतेको ‘जेनजी’ आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। सोही दिन प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति तय भएको हो।

सिफारिस

ताजा समाचार

लोकप्रिय