काभ्रे । बागमती प्रदेशसभाका सभामुख भवनकुमार पाठकले राजीनामा बुझाएका छन् ।
उनले आज बुधबार उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएका हुन् । ‘नेपालको संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदबाट राजीनामा गरेको छु,’ उनकाे राजिनामा पत्रमा भनिएको छ ।
जेनजीहरूको आन्दोलन उग्र भएपछि पाठकले गत २४ भदौमा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका थिए । पाठक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सभामुख बनेका थिए।



















