शरद् ऋतुमा हिमाल आरोहणका लागि १,२०३ जनालाई अनुमति, मनास्लु सबैभन्दा लोकप्रिय

काठमाडौं । यस वर्षको शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि १ हजार २०३ जनाले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार ७८ देशका आरोहीहरूले ५१ वटा हिमाल आरोहणका लागि अनुमति प्राप्त गरेका हुन् । सबैभन्दा धेरै चीनका १०३ जना, जर्मनीका १००, बेलायतका ९२ र फ्रान्सका ८२ जना आरोही छन् ।

हिमालहरू मध्ये मनास्लु सबैभन्दा लोकप्रिय रहेको छ, जहाँ ३७४ जनाले आरोहण अनुमति लिएका छन् । त्यस्तै, आमाडब्लमका लागि २७५ र हिम्लुङका लागि १७६ जनाले अनुमति पाएका छन् ।

अनुमति प्राप्त गर्ने मध्ये २८३ जना महिला रहेका छन् । आरोहण अनुमतिबाट सरकारले २२ करोड ९१ लाख ८७ हजार ९८१ रुपैयाँ रोयल्टी सङ्कलन गरेको पर्यटन विभागले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय