तनहुँ । बन्दीपुरमा सात महिनामा २१ हजार बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । गत वर्षको वैशाखदेखि चालु आर्थिक वर्षको कात्तिकसम्ममा २१ हजार ७ सय २५ जना विदेशी पर्यटकले भ्रमण गरेका हुन् ।
उनका अनुसार वैशाखमा तीन हजार २ सय ९७, जेठमा तीन हजार ३ सय ४२, असारमा दुई हजार ७ सय ६६, साउनमा दुई हजार ७५, भदौमा एक हजार ८ सय ३२, असोजमा तीन हजार ७ सय ८६ र कात्तिकमा चार हजार ६ सय २७ जनाले भ्रमण गरेका छन् ।
विसं २०८१ चैतदेखि २०८२ चैतसम्म १२ हजार ९ सय ३९ जना विदेशी पर्यटकले भ्रमण गरेको तथ्याङ्क छ । बन्दीपुर पर्यटन वर्ष २०२५ मा धेरै पर्यटक भित्र्याउने लक्ष्य रहेको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए । ‘यतिबेला बन्दीपुरमा रहेका चारवटा घरबास र ७० होटल भरिभराउ छन्, पर्यटको आवागमन वृद्धिसँगै यहाँका व्यवसायीहरू उत्साहित भएका छन्,’ उनले भने ।























