सोमबार, बैशाख ०७, २०८३
फागुन २१ मा चुनाव हुन नसक्ने दुर्गाको दाबी

काठमाडौं ।  राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंले फागुन २१ मा निर्वाचन नहुने दाबी गरेका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गरेर शनिबार प्रसाईंले फागुन २१ मा निर्वाचन नहुने दाबी गरेका हुन् । उनले अहिलेको सरकारमा रहेकाहरूको पनि भ्रष्टाचारी नै भएको आरोप लगाए । उनले अहिलेको सरकार पनि भ्रष्टाचारमा विगतको भन्दा फरक नरहेको जिकिर जिकिर गरे ।

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफैँले सरकारी जग्गा मिचेको आरोप लगाउनु हुँदै उनले आफूले हालसम्म कुनैपनि भ्रष्टाचार र अनियमितता नगरेको दाबी गरे ।

‘चुनाव नै हुँदैन । चुनाव नहुने क्लियर छ । अहिलेको सरकारको नेतृत्वमा रहेकाहरुको पनि जात एउटै हो । विगतका सरकार भन्दा फरक छैन । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफैँले सरकारी जग्गा मिचेको रहेछ । केको भ्रष्टाचारविरोधी ? मैले कुनै अनियमितता गरेको छैन,’ उनले भने ।

उनले मंसिर २२ गते प्रधानमन्त्री सुशीला कार्कीसँग आफ्ना मागहरुसहित भेटवार्ता गर्ने बताए । २२ गते प्रधानमन्त्रीसँगको वार्तापछि सरकारले आफूहरुका माग सम्बोधन गर्नेमा आधा मात्रै विश्वस्त रहेको बताउँदै माग पूरा नभए आन्दोलन हुने बताए । आफ्नो माग जायज भएको उनको तर्क छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय