मंगलबार, बैशाख ०८, २०८३
पूर्वराष्ट्रपति भण्डारीको राजतन्त्रबारे अभिव्यक्तिमा उदेक लाग्यो : प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका पूर्वउपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजतन्त्र फर्काउने अभिव्यक्तिमा कटाक्ष गरेका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, “पूर्वराष्ट्रपतिको भनाइमा उदेक लाग्यो, आफैले उभिएको धरातलप्रति विश्वास किन डगमगायो?”

यस्तै, उनले पार्टीभित्रैको विवादमा पनि असन्तोष जनाए। उनले इश्वर पोखरेल समूहको छुट्टै भेला गर्नुलाई चुनौतीको रूपमा लिएको र त्यसको विरोध गरेका छन्। उनका अनुसार, पार्टीको महाधिवेशनको निर्णयपछि केहि कमरेडहरूले छुट्टै भेला गरेर विवादमा फस्नु अनुचित छ।

ज्ञवालीले भने, “महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो र त्यसको निर्णयलाई अन्तिम मान्नु पर्छ। महाधिवेशनले नेतृत्वको वैधता र स्वीकार्यतामा उठेका प्रश्नहरूको स्पष्ट जवाफ दिएको छ। अब पुराना मुद्दामा जानु गलत हुनेछ।”

उनले पार्टीको हालको स्थिति र भविष्यको प्राथमिकतामा पनि ध्यान दिलाएका छन्। “तीन महिनामा पार्टीलाई एक स्थानमा ल्याएका छौँ, अब हाम्रो ऊर्जा लोकतन्त्र, संविधान र स्थिरता र राष्ट्रिय स्वाभिमानको यात्रा अघि बढाउनमा केन्द्रित हुनुपर्ने हो,” उनले थपे।

अन्ततः, उनले पूर्वराष्ट्रपति भण्डारीको राजतन्त्रको वकालत गर्ने अभिव्यक्तिमा आक्रोश प्रकट गर्दै भने, “पूर्वराष्ट्रपतिको भनाइमा विश्वासको कमी देखिन्छ।”

सिफारिस

ताजा समाचार

लोकप्रिय