आइतबार, आश्विन १८, २०८३
रेशम चौधरीको विश्वास : ‘गगनले देशको नेतृत्व गर्न सक्छन्’

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको नेतृत्व गर्न सक्ने विश्वास व्यक्त गरेका छन्।

कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा शुभकामना दिँदै चौधरीले गणतन्त्र स्थापनाका लागि संघर्ष गरेका थापाले अब देश निर्माणमा पनि नेतृत्वदायी भूमिका खेल्ने बताए।

‘गगनले यो देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ,’ चौधरीले भने।

संविधान निर्माणमा कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले कांग्रेसमा आएको परिवर्तनले आफूमा विश्वास जागेको बताए। यद्यपि, संविधानमा थारूलगायत समुदायका अधिकार उल्लेख भए पनि व्यवहारमा कार्यान्वयन नभएको उनको गुनासो थियो।

‘संविधानमा अधिकार लेखियो, तर दिइएन। पहिचानसँग साटफेर गर्न पाइँदैन,’ उनले भने।

सिफारिस

ताजा समाचार

लोकप्रिय