काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले बालेन शाह नेतृत्वको सरकार नढल्ने दाबी गरेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले सरकार ढल्ने हल्ला गर्नेहरूप्रति व्यंग्य गर्दै भने, ‘सरकार ढल्छ–ढल्छ भन्ने मान्छे नै सरकार नढलेको देखेर बेहोश भएर ढल्छ।’
उनले पटक–पटक सरकार ढल्ने चर्चा हुने गरेको उल्लेख गर्दै जनमतको अपमान नगर्न आग्रह गरे। यसपटक व्यक्तिलाई मात्र नभई इतिहास बदल्नका लागि सरकार चुनेको उनको भनाइ थियो।
‘सरकार ढल्छ, अहिल्यै ढल्छ, भोलि ढल्छ, दशैंमा, तिहारमा, छठमा ढल्छ भन्ने सुनिन्छ,’ लामिछानेले भने, ‘ढल्न त ढल्छ, तर यो पटक सरकार ढल्दैन, सरकार ढल्छ भन्नेहरू नै बेहोश भएर ढल्छन्।’











