काठमाडौं । जेनजी आन्दोलनका प्रमुख मिराज ढुंगानाको समूह काठमाडौँको माइतीघरमा सरकारविरोधी प्रदर्शनमा उत्रिएको छ। मिराज ढुंगाना र रविकिरण हमालसहितका जेनजी समूहले संयुक्त जेनजी आन्दोलनको घोषणा गर्दै विरोध प्रदर्शन थालेका हुन्।
प्रदर्शनका कारण माइतीघर, थापाथली, बबरमहल जस्ता प्रमुख क्षेत्रहरूमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ।
प्रशासनले प्रदर्शनको लागि अनुमति नदिएपनि मिराजको समूहले अघि बढ्न प्रयास गरेपछि प्रहरीले उनीहरूको प्रदर्शन रोकेको छ। यस क्रममा मिराज ढुंगाना, डा. निकोलस भुसाल, रविकिरण हमाल र अजय सोडारी लगायतका जेनजी अभियन्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई प्रहरी गाडीमा राखिएको छ।
मिराज ढुंगानाको समूहले सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको मर्मअनुसार काम नगरेको भन्दै सर्वपक्षीय सरकार गठनको माग उठाएको छ।



















