मंगलबार, भाद्र ०२, २०८३
देउवा र ओली बीच पुनः भेटवार्ता, आरजु राणा पनि उपस्थित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बीच पुनः भेटवार्ता भएको छ।

आज अध्यक्ष ओली काठमाडौँको महाराजगन्जस्थित देउवा निवास पुगेर भेट गरेका हुन्।

यस भेटमा ओलीसँगै एमालेका महासचिव शंकर पोखरेल पनि सहभागी थिए। “जेनजी” आन्दोलनपछि, ओली दोस्रोपल्ट देउवा भेट्न महाराजगन्ज पुगेका थिए, सभापति देउवाको सचिवालयले जानकारी दिएको छ।

भेटमा देउवापत्नी आरजु राणा पनि उपस्थित थिइन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय