काठमाडौं । काठमाडौँ महानगरका मेयर बालेन शाहले राष्ट्रिय मानवअधिकार आयोगलाई बयान दिएका छन्।
सोमबार आयोगले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनबारे मेयर शाहको बयान लिएको हो। आयोगले सोधपुछका लागि बोलाएपछि बालेन शाहले करिब २ घन्टा बयान दिएका थिए।
जेनजी घटनाका क्रममा मेयर शाहको गतिविधिका बारेमा आयोगले प्रश्न गरेको स्रोतले जानकारी दिएको छ। सामाजिक सञ्जालमा लेखिएका पोस्ट र अन्य गतिविधिहरूको बारेमा सोधिएका प्रश्नमा बालेन शाहले जवाफ दिएका थिए।



















