काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ।
आयोगका स्रोतका अनुसार, मंगलबार आयोगले लेखकलाई बयानका लागि पत्र काटेको हो, जसमा उनलाई ७ दिनभित्र उपस्थित भएर बयान दिन भनिएको छ। लेखकपछि, आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने तयारी गरेको छ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको क्षतिको जाँचबुझ गर्न सुशीला कार्की नेतृत्वको सरकारले ३ सदस्यीय आयोग गठन गरेको थियो।



















