मंगलबार, बैशाख ०८, २०८३
उज्यालो नेपाल र सर्वोदय पार्टीबीच चुनावी एकता घोषणा

काठमाडौं । उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीले औपचारिक रूपमा चुनावी एकता घोषणा गरेका छन्। यस साझेदारी अन्तर्गत, दुवै पार्टी संयुक्त रूपमा ‘बलेको चिम’ चुनाव चिन्ह प्रयोग गर्दै आगामी २०८२ फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुने निर्णयमा पुगेका छन्।

दुवै पार्टी बीच निरन्तर छलफलपछि राजनीतिक, वैचारिक र चुनावी सहकार्यलाई सुदृढ गर्ने सहमति भएको हो। उज्यालो नेपाल पार्टीका अध्यक्ष ई. अनुप कुमार उपाध्याय र सर्वोदय पार्टीका अध्यक्ष ई. दीपक कुमार साहको नेतृत्वमा यो एकता अघि बढाइएको छ।

घोषणामा पछिल्ला वर्षहरूमा जनतामा सुशासन, समृद्धि, दिगो विकास, सामाजिक न्याय, इमानदार नेतृत्व र जनउत्तरदायी राजनीतिक विकल्पप्रति ठूलो आकांक्षा बढेको कुरा उल्लेख गरिएको छ। यस सहकार्यको उद्देश्य जेनजी आन्दोलनको मर्म र भावनालाई व्यवहारमा परिणत गर्दै जनतालाई सशक्त राजनीतिक विकल्प प्रदान गर्नु रहेको छ।

सम्झौताअनुसार, दुवै पार्टीले संयुक्त उम्मेदवारी दिन, उम्मेदवार चयन गर्दा जनप्रभावकारिता र इमानदारीको आधारमा निर्णय लिन र प्रचार–प्रसार, जनसम्पर्क, स्रोत साधन, स्वयंसेवक परिचालन र संयुक्त चुनावी घोषणापत्र तयार गर्ने कार्यहरू गर्ने छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय