मंगलबार, बैशाख ०८, २०८३
राजेन्द्र लिङ्देन र कमल थापाद्वारा एकता सम्झौतामा हस्ताक्षर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) बीच एकता गर्ने सहमति भएको छ।
दुई दलबीच केहीबेरअघि एकता सम्बन्धी सहमति पत्रमा औपचारिक रूपमा हस्ताक्षर गरिएको हो।

सहमति पत्रमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गर्नुभएको छ।
दुई पार्टीबीच भएको यस एकतालाई औपचारिक रूपमा घोषणा गर्न पौष १६ गते काठमाडौंस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार एकता घोषणा सभामा दुवै दलका शीर्ष नेताहरू तथा कार्यकर्ताहरूको सहभागिता रहनेछ।

सिफारिस

ताजा समाचार

लोकप्रिय