सोमबार, बैशाख ०७, २०८३
रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन कांग्रेस नेताहरूको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले जेनजी आन्दोलनका बेला गृहमन्त्री रहेका पार्टी नेता रमेश लेखकलाई पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगमा उपस्थित भएर बयान दिन सुझाव दिएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको कार्यसम्पादन समिति बैठकमा सहभागी नेताहरूले लेखकलाई आयोगमा गएर आफ्ना कुरा स्पष्ट रूपमा राख्नुपर्ने धारणा व्यक्त गरेका हुन्। बैठकपछि पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले यसबारे जानकारी दिए।

उनका अनुसार बैठकमा जाँचबुझ आयोगले रमेश लेखकलाई पत्र पठाएको विषयमा छलफल भएको थियो। “नेताहरूले उहाँलाई आयोगमा उपस्थित भई आफ्नो पक्ष राख्न सुझाव दिनुभएको छ,” प्रवक्ता महतले बताए।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको आयोगले मंगलबार लेखकलाई पत्र पठाउँदै शुक्रबार बयानका लागि उपस्थित हुन आग्रह गरेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय