बिहिबार, बैशाख १७, २०८३
कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा निधन

काठमाडौं । कोशी प्रदेशका कुशल र प्रतिभाशाली क्रिकेट खेलाडी मिनेश थापाको दुर्घटनामा मृत्यु भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले थापाको निधनप्रति दुःख व्यक्त गर्दै कोशी प्रदेशले एक उत्कृष्ट क्रिकेट खेलाडी गुमाएको बताएका छन्।

सचिव खड्काले यो दुखद समाचारले उनलाई गहिरो शोक र स्तब्ध बनाएको बताएका छन्, र थापाको प्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि व्यक्त गरेका छन्।

“अत्यन्त दुःखद खबर प्राप्त भएको छ। कोशी प्रदेशका प्रतिभाशाली क्रिकेट खेलाडी मिनेश थापाको असामयिक निधनले हामी सबैलाई गहिरो शोकमा डुबाएको छ,” सचिव खड्काले फेसबुकमा लेखेका छन्। “उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दछौं। ईश्वरले दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून् र परिवारलाई यो अपार दुःख सहन सक्ने शक्ति दिनुहोस् भन्ने कामना गर्दछौं।”

सिफारिस

ताजा समाचार

लोकप्रिय