काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले तोकिएको मितिमा प्रतिनिधिसभा निर्वाचन हुने बताएका छन्।
लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लहानको जग्गा हस्तान्तरण तथा सम्मान कार्यक्रममा मन्त्री खनालले सरकार निर्वाचन सम्पन्न गराउन पूर्ण रूपमा तयार रहेको स्पष्ट गरे।
उनले वर्तमान सरकार जेनजी आन्दोलनपछि बनेको उल्लेख गर्दै, यसको प्रमुख दायित्व निर्वाचन गराउनु रहेको बताए। उनले थपे, “सरकारले निर्वाचनको वातावरण तयार गरिसकेको छ, त्यसैले कसैको अफवाह र हल्लामा नपरी भ्रममा नपर्न म आम नागरिकलाई आग्रह गर्छु।”



















