आइतबार, आषाढ २१, २०८३
कोकिनसहित तीन विदेशी नागरिक काठमाडौँको सिनामङ्गलबाट पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँको सिनामङ्गल क्षेत्रबाट चार किलो ३०० ग्राम अवैध लागुऔषध कोकिनसहित तीन विदेशी नागरिकलाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले हवाई मार्ग हुँदै नेपाल आएका विदेशी नागरिकलाई निगरानी गर्दै सिनामङ्गल क्षेत्रबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरूमा थाइल्याण्डकी ४० वर्षीया रुसानी कामा, भारतका ५५ वर्षीय जेभियर म्याथ्यू थालियाचेरी र भारतका २१ वर्षीय मुर्सालेन हुसेन रहेका छन्। अनुसन्धानका क्रममा तीन जनाले नेपालमा बसेर कोकिनको कारोबार गर्ने गरेको खुलेको छ।

कामासँग ५५० ग्राम र जेभियर र मुर्सालेनसँग तीन किलो ७५० ग्राम कोकिन बरामद भएको हो। कामाले १२ वटा प्लाष्टिक क्याप्सुलमा र जेभियरले सुटकेसमा कोकिन लुकाएर ल्याएका थिए।

सिफारिस

ताजा समाचार

लोकप्रिय