काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा उम्मेदवार नहुने घोषणा गरेका छन्।
बिहीबार भएको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले आफू आगामी निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेका छन्। पार्टीले शर्मालाई झापा–१ बाट सर्वसम्मत सिफारिस गरेको थियो, तर उनले त्यसमा धन्यवाद ज्ञापन गर्दै निर्वाचनमा उम्मेदवार नबन्ने बताउनुभएको हो।



















