काठमाडौं । बङ्गलादेश प्रिमियर लिग (बीपीएल) मा आबद्ध भएका नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम आज आफ्नो पहिलो खेल खेल्ने भएको छ। लामिछाने आबद्ध राजशाही वारियर्सले शुक्रबार सिलेट टाइटन्ससँग भिड्नेछ। यो खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ।
पहिलो खेलमा सन्दीप लामिछाने प्लेइङ–११ मा रहने सम्भावना छ। यस सिजनमा सन्दीप राजशाही वारियर्समा अनुबन्ध भएका छन्, र यो उनको बीपीएलमा दोस्रो सिजन हो। रोचक कुरा के छ भने, सन्दीपले आज खेल्न लागेको सिलेट टाइटन्समा २०१९ मा खेलिसकेका छन्।
राजशाही वारियर्सको नेतृत्व बङ्गलादेशका कप्तान नजमुल हुसेनले गर्नेछन्, र टिममा नेपाल प्रिमियर लिगका खेलाडी जिमी निशमसमेत रहेका छन्।























