काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको वातावरण तयार पार्न सरकार प्रमुख तीन दलका शीर्ष नेतासँग सघन छलफलमा जुटेको छ।
आज सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उहाँको महाराजगञ्जस्थित निवासमा छलफल गरिरहेका छन्।
मन्त्री खरेलको सचिवालयका अनुसार, आजै उहाँले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बेग्लाबेग्लै छलफल गर्ने कार्यक्रम राखिएको छ।



















