काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज निर्वाचनसम्बन्धी छलफल हुने भएको छ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले प्रधानमन्त्रीले शनिबार अपराह्न ४ बजे तीन दलका शीर्ष नेतासँग भेटवार्ता तथा छलफल गर्ने कार्यक्रम तय भएको जानकारी दिएका छन्। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूबीच शीतल निवासमा छलफल भएको थियो।
सरकारले फागुन २१ गते निर्वाचन गर्ने तयारी गरे पनि विभिन्न दलहरूले शान्ति–सुरक्षालगायत विषयमा प्रश्न उठाउँदै आएका छन्। विशेषगरी नेकपा एमालेले आपत्ति जनाइरहेका बेला सरकारका मन्त्रीहरू दलका नेताहरू तथा पार्टी कार्यालयहरूमा पुगेर निर्वाचनको अनुकूल वातावरण बनाउन प्रयासरत छन्।



















