मंगलबार, बैशाख ०८, २०८३
निर्वाचन आयोगद्वारा समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्न राजनीतिक दललाई आग्रह

काभ्रे । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्न आग्रह गरेको छ।

आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ कि यसका लागि विधि, प्रक्रिया र आवश्यक प्रमाण कागजात पूरा गरी उम्मेदवार बन्दसूची यही पुष १३ र १४ गते अपरान्ह ४ बजेसम्म पेश गर्नुपर्नेछ।

निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, उम्मेदवारको बन्दसूची पेश गरेपछि वा पेश गर्नुअघि राजनीतिक दलहरूले सर्वसाधारणमा पनि सार्वजनिक गर्न सक्नेछन्।

विज्ञप्तिमा भनिएको छ कि समानुपातिक निर्वाचनमा भाग लिन इच्छुक दलहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४, नियमावली, २०७४, र प्रतिनिधि सभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ मा तोकिएको विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गरी मात्र उम्मेदवार सूची तयार गरी तोकिएको समयमा पेश गर्नुपर्नेछ।

सिफारिस

ताजा समाचार

लोकप्रिय