मंगलबार, बैशाख ०८, २०८३
आज र भोलि समानुपातिक बन्द सूची पेस गर्ने कार्यतालिका जारी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीको बन्द सूची पेस गर्ने कार्यतालिका अनुसार सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिँदै भने कि आज र भोलि दलहरूले समानुपातिक बन्द सूची आयोगमा पेस गर्नु पर्नेछ।

पुस १३ र १४ गतेसम्म पेस गरिएका समानुपातिक बन्द सूचीहरूको छानबिन पुस १५ देखि २० गतेसम्म गरिने छ। त्यसपछि पुस २१ देखि २७ गतेसम्म दलहरूलाई सूची मिलाउन भनिने कार्यतालिका छ। पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएका बन्द सूचीहरूको सहीता जाँच गरिनेछ। अन्ततः माघ ४ गते बन्द सूची सार्वजनिक गरिनेछ र माघ २० गते अन्तिम सूची प्रकाशित हुने आयोगले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय