काठमाडौं । उपसभामुख इन्दिरा राना मगर सङ्घीय संसद् सचिवालयबाट बिदा भएकी छन्। उनले आफ्नो निजी सचिवालयमा प्रयोग गर्दै आएको गाडी सचिवालयमा फर्काइदिएको जानकारी सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले दिएका छन्।
संविधानअनुसार, प्रतिनिधि सभा विघटनको अवस्थामा अर्को निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन सभामुख र उपसभामुखको कार्यकाल समाप्त हुने व्यवस्था गरिएको छ।



















