मंगलबार, बैशाख ०८, २०८३
तीन राजनीतिक दलले समानुपातिक बन्द सूची निर्वाचन आयोगमा पेश गरे

काठमाडौं । फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिक बन्दसूची बुझाउन सुरु गरेका छन्।

आयोगका अनुसार, आइतबार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा)सहित तीन वटा राजनीतिक दलहरूले समानुपातिक बन्दसूची आयोगमा पेस गरेका छन्। तीन दलहरूले १३४ जनाको बन्दसूची पेश गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

आयोगका अनुसार, आइतबार र सोमवार बन्दसूची पेस गर्ने समय तोकिएको छ।

समानुपातिक बन्दसूची पेश गर्ने कार्यलाई आयोगले दुई चरणमा अघि बढाउँदै आएको छ। पहिलो चरणमा, दलहरूले सिफारिस गरेका उम्मेदवारहरूको नाम मतदाता नामावलीमा रहेका/नरहेको यकिन गरि निस्सा उपलब्ध गराउने प्रक्रिया हुनेछ। निस्सा प्राप्त भएपछि, बन्दसूची दर्ता गरिने आयोगले जनाएको छ।

प्रवक्ता भट्टराईले सेवा प्रवाहका लागि आवश्यक स्रोत र साधनहरूको प्रबन्ध पनि मिलाइएको जानकारी दिए।

सिफारिस

ताजा समाचार

लोकप्रिय