मंगलबार, बैशाख ०८, २०८३
कञ्चनपुरका वृद्धालाई बाघको आक्रमण, भारतको सीमामा मृत्यु

काठमाडौं । कञ्चनपुरको पुनर्वास नगरपालिका–६ का ७० वर्षीया वृद्धा सुना निरौलाको बाघको आक्रमणमा मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र कार्कीका अनुसार, शनिबार भारतको दुधुवा नेसनल पार्क नजिक घाँस काट्न गएका वृद्धा बाघको आक्रमणमा परी ज्यान गुमाएकी हुन्।

“सीमाक्षेत्रबाट लगभग अढाई किलोमिटर भित्र बाघले वृद्धाको ज्यान लिएको खबर प्राप्त भएको छ,” उनले भने। “स्थानीयहरूको अनुसार, वृद्धा दाउरा घाँसका लागि जङ्गलमा गएको थिए,” कार्कीले थपे।

प्रहरीका अनुसार घटनास्थल भारतीय क्षेत्रको भित्र पर्ने भएकाले आवश्यक प्रक्रिया भारतबाट हुनेछ। “आवश्यकताअनुसार भारतीय पक्षले हामीसँग समन्वय गर्नेछ,” प्रहरी निरीक्षक कार्कीले भने, “तर अहिलेसम्म भारतीय पक्षबाट कुनै प्रतिक्रिया प्राप्त भएको छैन।”

 

सिफारिस

ताजा समाचार

लोकप्रिय