मंगलबार, बैशाख ०८, २०८३
तमु ल्होसारले सहिष्णुता र बन्धुत्व बढाउँछ : राष्ट्रपति पौडेल

काभ्रे । राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको महान् पर्व तमु ल्होसारले सबै नेपालीबीच सहिष्णुता, आपसी सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ।

तमु ल्होसारका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको सुख, शान्ति र सुस्वास्थ्यको कामना गर्नुभएको छ।

उहाँले गुरुङ समुदायको प्राचीन पात्रो प्रणाली र जीवनशैलीसँग सम्बन्धित यस पर्वले बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक नेपाली समाजमा जातीय सद्भाव, विविधताको सम्मान र राष्ट्रिय एकतालाई मजबुत बनाउने उल्लेख गर्नुभयो। यसले सबै नेपालीबीच सहिष्णुता र बन्धुत्वको भावना थप प्रगाढ बनाउने पनि उहाँको विश्वास छ।

नेपालका हिमाली तथा उच्च पहाडी भेगमा बसोबास गर्ने गुरुङ समुदायले तमु ल्होसारलाई नयाँ वर्षको सुरुआतका रूपमा हर्षोल्लासका साथ मनाउने परम्परा रहेको छ।

शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले तमु ल्होसारले आपसी विश्वास र एकताको भावनालाई बलियो बनाउँदै आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा समृद्ध नेपाल निर्माणतर्फ अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय