आइतबार, माघ ०४, २०८२
नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, सुन तोलामा १,४०० रुपैयाँले सस्तो

काभ्रे । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले घटेर दुई लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ६१ हजार रुपैयाँमा कायम थियो। मूल्य घटेसँगै सुन खरिद–बिक्रीमा उपभोक्ताको चासो बढ्न सक्ने अनुमान गरिएको छ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ५५ रुपैयाँले घटेर चार हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला चार हजार ४ सय ७० रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारको प्रभाव र माग–आपूर्तिको अवस्थाका कारण पछिल्ला दिनमा नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव देखिँदै आएको छ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय