आइतबार, माघ ०४, २०८२
काभ्रेपलाञ्चोकमा प्रतिनिधिसभा निर्वाचनका लागि ४०० मतदान केन्द्र कायम

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लामा हाल तीन लाख २६ हजार ६११ जना मतदाता कायम भएका छन्। तीमध्ये एक लाख ६७ हजार ४९९ पुरुष, एक लाख ५९ हजार ११० महिला तथा अन्य दुई जना मतदाता रहेका छन्।

जिल्लामा दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा १६ हजार ५४८ मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले जानकारी दिए।

उनका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा कुल एक लाख ६१ हजार १०० मतदाता रहेका छन्, जसमा ८३ हजार ७७३ पुरुष, ७७ हजार ३२६ महिला र अन्य एक मतदाता छन्।

त्यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा एक लाख ६५ हजार ५११ मतदाता कायम छन्। यस क्षेत्रमा ८३ हजार ७२६ पुरुष, ८१ हजार ७८४ महिला र अन्य एक मतदाता समावेश छन्।

आगामी निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा १८९ मतदान स्थलमा ४०० मतदान केन्द्र निर्धारण गरिएको छ। जिल्लामा १३ स्थानीय तहअन्तर्गत १३५ वडा रहेका छन्। प्रतिनिधिसभा निर्वाचन–२०७९ मा भने १९० मतदान स्थल र ३८९ मतदान केन्द्र कायम गरिएको थियो।

सिफारिस

ताजा समाचार

लोकप्रिय