मंगलबार, बैशाख ०८, २०८३
समानुपातिक उम्मेदवारी फिर्ता गर्दै आसिफ शाह प्रत्यक्ष चुनावमा जाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्द सूचीमा परेका कलाकार आसिफ शाहले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

शाहले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत देश निर्माणका लागि आवश्यक योगदान जुनसुकै पद वा हैसियतमा रहेर पनि गर्न सकिने उल्लेख गर्दै समानुपातिक उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन्।

उनले लेखेका छन्, “देश निर्माणका लागि आवश्यक योगदान म जुनसुकै पद वा हैसियतमा रहे पनि सधैँ गर्न तयार छु। तर जनता र पार्टीका साथीहरूको भावनामा चोट पुर्‍याएर समानुपातिक सूचीमार्फत सांसद बन्ने बाटो म रोज्न सक्दिनँ। यसै सूचनामार्फत म मेरो समानुपातिक उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु।”

समानुपातिकतर्फबाट नाम फिर्ता लिएसँगै शाहले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिने तयारी रहेको पनि जनाएका छन्। उनले प्रत्यक्ष निर्वाचनमार्फत जनतासामु उभिनु आवश्यक रहेको उल्लेख गर्दै आफू काठमाडौँ–५ बाट उम्मेदवारी दिन पूर्ण रूपमा तयार रहेको बताएका छन्। “देशभन्दा ठूलो केही हुँदैन,” उनले भनेका छन्।

यसका साथै उनले जनता र पार्टीका साथीहरूको भावनालाई सम्मान गर्दै समानुपातिक सूचीमा रहेका अन्य उम्मेदवारहरूलाई पनि आ–आफ्नो नाम फिर्ता लिएर दुई कदम पछाडि हट्न आग्रह गरेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय