काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ। आज नेप्से परिसूचक १० दशमलव २९ अंक घटेर दुई हजार ६१० दशमलव ६३ बिन्दुमा कायम भएको हो।
आज ३२३ कम्पनीका एक करोड दुई लाख ७४ हजार १२६ कित्ता शेयर ७९ हजार ७०२ पटक खरिदबिक्री भए र कुल कारोबार रकम पाँच अर्ब एक करोड ७५ लाख ८७ हजार २९४ रूपैयाँ पुगेको नेप्सेले जनाएको छ।
आजको कारोबारमा होटल तथा पर्यटन समूह ०.६२%, उत्पादन तथा प्रशोधन १.०४% र व्यापार समूह ०.३४% ले वृद्धि गरेका छन्, भने अरु सबै समूहका उपसूचक घटेका छन्। बैंकिङ ०.१४%, विकास बैंक ०.८०%, वित्त ०.१३%, जलविद्युत ०.४९%, लगानी ०.३२%, जीवन बीमा ०.८८%, लघुवित्त ०.३२%, म्युचुअल फन्ड ०.२९%, निर्जीवन बीमा ०.८६% र अन्य समूह १.६९% ले घटेका छन्।
विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडका शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ४.३२% ले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एसवाई प्यानल नेपाल लिमिटेडको ३० करोड ६५ लाख ८५ हजार ७६ रूपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै, कारोबार भएको शेयर संख्यामा सबैभन्दा धेरै एनआईसी एसिया बैंक लिमिटेडको ६ लाख ३४ हजार ७४९ कित्ता शेयर किनबेच भएको छ।























