काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ।
भोलि (मंगलबार) बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने गरी आह्वान गरिएको हो। आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी तय गर्ने विषयमा छलफल गर्न बैठक बोलाइएको नेताहरूले बताएका छन्।
आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। यसैबीच, राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलहरूबीच तालमेलका विषयमा पनि छलफल अघि बढाइएको छ।



















