आइतबार, माघ ०४, २०८२
प्राकृतिक उपचार प्रवर्द्धनतर्फ बेथानचोक, पञ्चकर्म सेवा सुरु

काभ्रे । बेथानचोक गाउँपालिकाको नागरिक आरोग्य सेवा केन्द्रमा पञ्चकर्म तथा पूर्वकर्मको शुभारम्भ भएको छ । पञ्चकर्म तथा पूर्वकर्म सेवाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले आयुर्वेदको विशिष्ट चिकित्सा पद्धती पञ्चकर्मको लाभ लिन आग्रह गरे ।

उनले शरीरको शुद्धिकरण गर्न एवं रोग प्रतिरोधात्मक क्षमता बढाउने प्राकृतिक विधी अब गाउँघरमै पाइने भएकोले सेवा लाभ लिन सबैलाई आग्रह गरे । जडीबुटीको प्रयोग, योग र ध्यान मात्र नभएर पंचकर्मद्धारा शरीर शुद्ध गराई मानिसको समग्र स्वास्थ्य प्रवर्धन गर्ने एवम् जीवनशैलीमा परिवर्तन गराई स्वस्थ समाजको निर्माण गर्ने अभियानको आयुर्वेदको उच्च स्थान रहेको उहाँले बताउँदै स्वस्थ समाज निर्माणको अभियानमा गाउँपालिकाले लगानी गरिरहेको अध्यक्ष अधिकारीको भनाई थियो ।

बेथानचोक गाउँपालिका वडा नं. २ का अध्यक्ष पुरुषोत्तम तिमल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा गाउँपालिकाका पूर्व अध्यक्ष प्रेमबहादुर तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा जनप्रतिनिधहरु राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, संघसंस्थाका प्रतिनिधि, महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाहरुको उपस्थिति रहेको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय