आइतबार, माघ ०४, २०८२
जितु नेपाल ‘आइ एम जीत बहादुर’ फिल्म निर्माण गर्दै, निर्माता बन्ने घोषणा

काठमाडौं । कलाकार जितु नेपाल ‘मुन्द्रे’ अब फिल्म निर्माता बन्ने भएका छन्। आज बिहान उनले आफ्नो सामाजिक सञ्जालमार्फत ‘आइ एम जीत बहादुर’ शीर्षकको फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माण गर्ने घोषणा गरेका हुन्।

सुभेन्दु घोषको कथा र निर्देशनमा तयार हुने यस फिल्ममा जितु नेपाल निर्माताको भूमिकामा रहने छन्, जबकि निश्चल कुँवर र नीरज नेपाल कार्यकारी निर्माताको रूपमा संलग्न हुनेछन्।

फिल्मको छायाङ्कन चाँडै प्रारम्भ हुने बताइएको छ र यसलाई सन् २०२६ मा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ। जितु नेपालले सामाजिक सञ्जालमा लेखेका छन्, “छायाङ्कन चाँडै नै सुरु हुनेछ, प्रदर्शन मिति चलचित्र तयार भएपछि हाललाई यत्ति बाँकी जानकारी बिस्तारै… इमानदार थिएँ, छु र रहने छु। सकभर झुटो बोल्दिनँ, आफ्नो गल्ती आफैँ स्वीकार्ने छु।”

सिफारिस

ताजा समाचार

लोकप्रिय