बुधबार, साउन ०६, २०८३
बर्दियामा एक युवकको शव फेला

काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका-८, दैलेखी टोलमा एक युवकको शव फेला परेको छ।

इलाका प्रहरी कार्यालय मैनापोखरका अनुसार, ३७ वर्षीय खमान सिंह सार्कीको शव आज बिहान माछापोखरीमा फेला परेको हो। सार्कीको शव दैलेखी टोलमा फ्रेस हाउस सञ्चालन गर्दै आएका शिवहरि रानाभाटको सानो माछापोखरीमा भेटिएको हो।

स्थानीयहरूका अनुसार, सार्की श्रीमतीसित सम्बन्धविच्छेदपछि दाजुसँग बस्दै आएका थिए। अत्यधिक मदिरा सेवनको कारण पोखरीमा खसेर उनको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

शव परीक्षणका लागि जिल्ला अस्पताल बर्दिया पठाइएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय