आइतबार, माघ ११, २०८२
सर्वदलीय बैठकको सहमति पछि वीरगञ्जको जनजीवन सामान्य, कर्फ्यू हटाइयो

काठमाडौं । विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको विरोध प्रदर्शनको समाधानका लागि सर्वदलीय/सर्वपक्षीय बैठकमा सहमति भएपछि आज बिहानदेखि यहाँको जनजीवन सामान्य बन्दै गइरहेको छ। दुई दिनदेखि जारी कर्फ्यू पछि, मङ्गलबार बेलुकादेखि बजारहरू आंशिक रूपमा खुलेका थिए, र आजदेखि विद्यालय, बजार, उद्योगधन्दा र कलकारखानाहरू पनि पूर्णरूपमा सञ्चालनमा आएका छन्।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जनजीवन सामान्य हुँदै गइरहेको जानकारी दिँदै भने, “सर्वदलीय बैठकमा सहमति जुटेसँगै यहाँको स्थिति सामान्य भएको हो।”

दाहालले भने, दुई समुदाय बीच सामाजिक र धार्मिक विवादको सम्भावना देखिएकाले सुरक्षा कायम राख्न कर्फ्यू आदेश जारी गरिएको थियो। सोमबार कर्फ्यू लगाइएको भए पनि, सर्वपक्षीय बैठकको सहमति पछि कर्फ्यू मङ्गलबार दिउँसो ३ बजे हटाइएको हो।

कर्फ्यू हटाएसँगै वीरगञ्जका प्रमुख सडकहरूमा व्यापारिक गतिविधिहरू सामान्य देखिएका छन्, र सवारी साधनहरू पनि सञ्चालनमा आएका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय