काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचनका लागि ओखलढुंगाबाट पार्टी नेता ईश्वर पोखरेलसहित पाँच जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ। बुधबार बसेको जिल्ला कमिटीको विस्तारित बैठकले पोखरेलको नाम पहिलो नम्बरमा सिफारिस गरेको हो। पोखरेलको जन्मथलो पनि ओखलढुंगानै हो।
यसअघि पोखरेलको नाम काठमाडौँ–५ बाट एकल रूपमा सिफारिस भइसकेको छ भने धनुषा–१ बाट पनि सिफारिस गरिएको छ। धनुषा पोखरेलले भूमिगत कालमा सक्रिय रूपमा काम गरेको क्षेत्र हो।
ओखलढुंगाबाट उम्मेदवारका रूपमा सिफारिस हुने अन्य नेताहरूमा जिल्ला इन्चार्ज यज्ञराज सुनुवार, कोशी प्रदेशका पूर्वमन्त्री अम्बिरबाबु गुरुङ, जिल्ला कमिटी अध्यक्ष जिबी खड्का र नेता नानीबाबु बुढाथोकी रहेका छन्।



















