काठमाडौं । सरकारले भेनेजुएलामा भइरहेको घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ।
अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई शनिबार नियन्त्रणमा लिएर अमेरिका लगेको थियो। यस घटनाप्रति नेपालका राजनीतिक दलहरूले विरोध व्यक्त गरेका थिए।
परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “नेपालले संयुक्त राष्ट्रसंघको चार्टरमा उल्लेखित सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राज्यहरूको राजनीतिक स्वतन्त्रताको पूर्ण सम्मान गर्ने महत्त्वलाई जोड दिन्छ। नेपालले विवादहरू संवाद, कूटनीति र आपसी समझदारीमार्फत शान्तिपूर्ण रूपमा समाधान हुनु पर्नेमा विश्वास राख्दछ।”



















