आइतबार, माघ ०४, २०८२
दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौं । रुपन्देहीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

प्रहरीका अनुसार आज दिउँसो तिलोत्तमा नगरपालिका–२, तपाहा लाइनस्थित सडकमा लु६१प ५८७८ र लु६८प ५२३६ नम्बरका मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा लु६८प ५२३६ नम्बरको मोटरसाइकल चालक सैनामैना नगरपालिका–१, सादभोद्रको २८ वर्षीय जीवन चौधरीको मृत्यु भएको हो । दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए । चौराहा अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा लु६१प ५८७८ नम्बरको मोटरसाइकलमा सवार दुईजना घाइते छन् । लु६८प ५२३६ नम्बरको मोटरसाइकलमा सवार एकजना पनि घाइते छन् । सोही अस्पतालमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय