काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको जलपान कार्यक्रममा सहभागी भएकी छन्।
काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न उक्त कार्यक्रममा प्रधानमन्त्री कार्कीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले स्वागत गरेका थिए।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, विभिन्न राजनीतिक दलका नेता, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, र समाजका विभिन्न क्षेत्रका अगुवा सहभागी थिए।



















