काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच आइतबार १२ बुँदे सम्झौता भएको छ।
सम्झौताअनुसार ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ। यस समितिमा महन्थ ठाकुरलाई संरक्षक बनाइएको छ भने उपेन्द्र यादवलाई अध्यक्ष चयन गरिएको छ।
समन्वय समितिले ११ सदस्यीय सचिवालय गठन गर्ने सहमति पनि गरेको छ। एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) नेपाल नै रहने सहमति पत्रमा उल्लेख छ।



















