मंगलबार, बैशाख ०८, २०८३
कांग्रेस निर्वाचन कार्यतालिका सार्वजनिक, राति ९ बजेदेखि मतदान

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। नवगठित निर्वाचन समितिले निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कार्यतालिका सार्वजनिक गरेसँगै निर्वाचन कार्यक्रम सुरु भएको हो।

वरिष्ठ अधिवक्ता सीताराम केसी संयोजक रहेको पाँच सदस्यीय निर्वाचन समितिले मंगलबार कार्यतालिका सार्वजनिक गर्दै आजैदेखि निर्वाचन प्रक्रिया प्रारम्भ हुने जानकारी दिएको छ। सार्वजनिक कार्यतालिकाअनुसार मतदान आज राति ९ बजेदेखि राति १ बजेसम्म सञ्चालन हुनेछ।

निर्वाचन समितिका अनुसार आज मध्यान्ह १२ः३० बजेसम्म पहिलो मतदाता नामावली सार्वजनिक गरिनेछ। उक्त नामावलीमाथि दाबी–विरोध र छलफलका लागि १ः३० बजेसम्म समय तोकिएको छ। त्यसपछि दिउँसो ४ बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ।

मतदाता नामावली टुंगिएपछि उम्मेदवार मनोनयन प्रक्रिया अघि बढ्नेछ। दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ भने साढे ४ बजे उम्मेदवारहरूको पहिलो नामावली सार्वजनिक गरिनेछ। साँझ ८ः४५ बजे अन्तिम उम्मेदवार नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।

अन्तिम नामावली सार्वजनिक भएपछि राति ९ बजेदेखि मतदान सुरु भई राति १ बजेसम्म सञ्चालन हुनेछ। निर्वाचन समितिका अनुसार मतदान केन्द्रीय निर्वाचन समितिका पदाधिकारीका लागि मात्र हुने जनाइएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय